विदेश

सिरियाली सेना लक्षित हवाई आक्रमणमा १५ जनाको मृत्यु

एजेन्सी । इजरायलले सिरियाली सेनालाई लक्षित गरी गरेको भनिएको हवाई आक्रमणमा १५ जनाको ज्यान गएको छ ।
राजधानी दमास्कसको दक्षिणतर्फ रहेको सैनिक अखडामा इजरायली वायुसेनाले आक्रमण गरेको बताइएको छ ।
मारिनेमा ८ जना इरानी सुरक्षा दस्ताका सदस्य पनि रहेको सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्यमन राइट्स नामक संस्थाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेलगत्तै इजरायलले सिरियामा रहेको इरानी सैनिक निशानामा प्रहार गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

ताजा