विदेश

सिरियास“ग सीमा जोडिएको इराकको अल कइम शहरमा हवाई हमलामा ८० जनाको मृत्यु

सिरियासग सीमा जोडिएको इराकको अल कइम शहरमा भएको हवाइ आक्रमणमा कम्तीमा ८० जना मारिएका छन् ।
इस्लामीक स्टेटको नियन्त्रण रहेको अल कइम शहरमा भएको हवाइ आक्रमणमा धेरै सर्वसाधारणहरु घाइते भएको इराकी संसद्का प्रवक्ताले जानकारी दिएका छन् । अल कइमको एक सपिङ सेन्टरमा भएको हवाइ आक्रमणमा मारिने सबै सर्वसाधारण इराकी नागरिक रहेको प्रवक्ता सलिम अल जबौरीको भनाइ थियो । इराकी सेना वा अमेरीकी गठबन्धन मध्ये कसले हवाइ आक्रमण गरेको भन्ने बारे स्पष्ट भएको छैन । गठबन्धन सेनाले हालसालै अल कइममा कुनै हवाइ कारवाही नगरेको अमेरीकी गठबन्धनका प्रवक्ताले जनाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा