विदेश

क्लिन्टनले चुनाव जिते अर्को विश्वयुद्ध हुन्छ : ट्रम्प

रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले जिते अर्को विश्वयुद्ध हुने चेतावनी दिएका छन् । अन्तराष्ट्रिर सञ्चार संस्था रोयटर्सस“ग बोल्दै ट्रम्पले, क्लिन्टनको विदेश नीति अत्यन्तै आक्रमक भएको र त्यसले तेश्रो विश्वयुद्ध समेत निम्त्याउन सक्ने बताएका थिए । सिरियामा ‘नो फ्लाइ जोन’ तथा ‘सेफ जोन’ घोषणा गरे त्यसले रुसस“ग प्रत्यक्ष द्वन्द्व निम्तिने त्याउने रिपब्लिकन उम्मेद्वार ट्रम्पको तर्क थियो । क्लिन्टनले सिरियामा ‘नो फ्लाइ जोन’ तथा ‘सेफ जोन’ को पक्षमा वकालत गर्दै आएकी छिन् । सिरियामा जारी द्वन्द्व बारे बोल्दै ट्रम्पले आफु राष्ट्रपति निर्वाचित भए आफ्नो पहिलो प्राथमिकता सिरियाली राष्ट्रपति बसर अल असदको बहिर्गमन भन्दा इस्लामीक स्टेटलाइ पराजित गर्नु रहने जनाए । नोभेम्बर ८ मा हुने अमेरीकी राष्ट्रपति चुनावमा हिलारीस“ग पछि परेको अनुमान गरिएका बेला डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा