मंसिर २४ फ्रान्सको मोनाको, इटालीको रोमा र स्वीजरल्याण्डको बसेल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति मोनाको घरेलु मैदान स्टेड लुइसमा भएको समुह सी को खेलमा घरेलु टिमले रसियाको जेनिट सेन्ट पिट्र्सबर्गलाई २० गोल अन्तरले पराजित गर्दै समुहको बिजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । पहिलो हाफसम्म बराबरीमा सकिएको खेलमा मोनाकोले दुईवटै गोल दोस्रो हाफमा गरेको थियो । मोनाकोका लागी खेलको ६३औं मिनेटमा एमन एबडेनर र ८९औं मिनेटमा फाबिनोले गोल गरेका थिए । समुह चरणमा खेलेको खेलमा मोनाकोले मात्र ४ गोल गरेको थियो भने एक गोल खाएको थियो ।
सर्लाही, भाद्र ३, वनका उपभोक्ताहरुले सर्लाही जिल्लाका सामुदायिक वनहरुबाट ढलेका रुखहरु निकाल्न नपाएर सडेर गएको बताएका छन् । चुरे संघर्ष समितिले विहीवार हरिओनमा आयोजित विरोधसभामा सहभागी हुन आएका विभिन्न वनका उपभोक्ताहरुले यस्तो गुनासो गरेका हुन् । सामुदायिक वनमा कार्ययोजना अनुसार बार्षिक रुपमा के कति वन पैदावार निकाल्न पाइने भन्ने उल्लेख भए पनि जिल्ला वन कार्यालयले त्यहाँका सामुदायिक वनबाट वन पैदावर निकाल्न नदिएको हो । चुरे संघर्ष समितिका संयोजक गणेश कार्की लगायत वनको क्षेत्रमा कार्यरत विभिन्न सामुदायिक संगठनका प्रतिनिधिहरुले जिल्लाका सामुदायिक वनमा ढले, पडेका रुखहरुबारे स्थलगत अवलोकन गरेको कफ्सनका अध्यक्ष भोला खतिवडाले जानकारी दिनुभयो ।
विश्व समाचार