अर्थ
आसार १, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारको खुला तथा उदार अर्थनीतिलाई आत्मसाथ गरी बैंकिङ सेवा सर्वसुलभ पार्न बैंकहरूलाई निर्देशन दिनुभएको छ ।
जेष्ठ २०, मुगु जिल्ला विकास समितिले यार्सागुम्बा संकलन गर्न जानेहरूबाट लिइने प्रवेश शुल्कबाट ९४ लाख ३८ हजार रूपैयाँ राजश्व असुली गरेको छ ।
जेष्ठ २०,संखुवासभामा अलैंचीको बोटमा अनौठो रोग देखा परेपछि किसानहरू चिन्तित भएका छन् ।संखुवासभावासीको मुख्य आम्दानीको स्रोत मानिने अलैचीको गानो कुहिने र बोट नै सुक्न थालेपछि किसानहरू चिन्तित भएका हुन् । गत वर्ष ५० मन फल्ने बगानमा यो वर्ष दुई मन अलैची पनि उत्पादन नभएको किसानहरूले बतएका छन् ।
जेष्ठ १७, अर्थमन्त्री शंकर कोइरालाले कर्मचारीको तलव बृद्धिबारे गृहकार्य थाल्न निर्देशन दिनुभएको छ ।
जेष्ठ १,तनहुँ आवुखैरेनीका युवाहरू व्यावसायिक रूपमा कृषि पेशा अंगाल्न थालेका छन् । दुध र तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि युवाहरू विदेश जान छाडेर व्यावसायिक रूपमै कृषि पेशामा लागेका हुन् ।
जेष्ठ १,मकै बालीमा Сगबारो किराТ लागेपछि पर्वतका अधिकांस किसान चिन्तित बनेका छन् ।
बैशाख २९,अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षलाई खिलराज रेग्मीले मन्त्रालय तथा सरकारी कार्यालयलाई जनमुखी र पारदर्शी बनाउन निर्देशन दिनुभएको छ ।
२४ बैशाख । युरोपियन इन्भेस्टमेन्ट बंैकЧइआइबी र अर्थ मन्त्रालयबीच ६ अर्ब ४१ करोड रुपैंयाँ बराबरको ऋण सहयोगमा हस्ताक्षर भएको छ ।
बैशाख १८,दुधको माग बढ्दै गएपछि रूकुमका युवाहरूले व्यावसायिक रूपमा सामूहिक गाई पालन सुरु गरेका छन् । गाउँЦगाउँबाट जिल्ला सदरमुकाम खलंगामा आएर बसोवास गरेका युवाहरूले सामूहिक रूपमा गाई पालन सुरु गरेका हुन् ।
बैशाख १६,नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापनविरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघको बुटवलमा भएको बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेका विभिन्न निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैशाख ९,बिमाको व्यवस्था भएपछि पाल्पाका किसानलाई पशुपालन व्यावसाय विस्तार गर्न सजिलो भएको छ । गाई, भैंसी, बंगुर र बाख्रालगायतका पशु मरे बिमाकोषबाट क्षतिपूर्ति प्राप्त हुने भएपछि किसानहरू पशुपालन व्यवसाय विस्तारमा लागेका हुन् ।
बैशाख ९,सुनको बढी व्यापार हुने समय भएपनि अभाव र मूल्यमा गिरावट आएपछि सुनसरीका सुनचाँदी व्यवसायी चिन्तित बनेका छन् ।
बैशाख ८,गत वर्षको तुलनामा यसवर्ष रुपन्देही जिल्लामा गहुँ उत्पादन बृद्धि हुने भएको छ । गहुँ खेतीका लागि उर्बर जिल्ला मानिएको रुपन्देहीमा अनुकुल मौसम, पर्याप्त सिंचाइ, उन्नत बिउ, गुणस्तरीय मल लगायतका कारणले गहुँ उत्पादनमा बृद्धि हुने भएको हो ।
चैत्र ५,शाहवंशीय राजाहरूको उद्गमस्थल लमजुङमा प्रथम गाउँशहर चैतेदशै महोत्सव आयोजना गरिएको छ । गाउशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदालाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सव आयोजना गरिएको हो ।
२९ चैत्र, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नीजि क्षेत्रका सबै मागलाई मन्त्रालयले सम्बोधन गर्न नसक्ने बताउनु भएको छ ।