मनोरञ्जन
भदौ १ काठमाडौ कहिले काही रिल लाईफ र रियल लाइफ एकै हुने गर्छन् । रिल लाईफको काल्पनिक कुरा पनि रियलमा मिल्न जादो रहेछ । यो प्रमाणित भएको छ फिल्म कोहिनोरको कथाबस्तु र त्यसमा अभिनय गर्ने नायक नायिकाको जिवनमा भएको घटनाल । कथाबस्तुमा पनि नायक मर्छन र नायिकाले विद्यवाको भुमिका निमाउछिन् । जसका कारण दर्शक भाबुक बन्छन् । हल बाहीर निस्कन हरेकका आँखा रसाएको भेटिन्छ । निर्माता तथा निर्देशक श्री कृष्ण श्रेष्ठको सहविनय भेट नेपाली कथानक चलचित्र कुहिनुरले अहिले व्यापक दर्शक कमाएको छ । फिल्म ुकोहिनूरु ले एकै दिन करोड रुपैयाँ कमाइ गरेर नेपाली रजतपटमा कीर्तिमान बनाएको छ। श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको मुख्य अभिनय रहेको श्रीकृष्णद्वारा नै निर्मित ुकोहिनूरु ले शनिबार मात्रै एक करोड रुपैयाँको व्यापार गरेको हो। अघिल्लो शुक्रबार रिलिज भएको आकाश अधिकारी निर्देशित यो फिल्मको कमाइ तीन करोड पुगिसकेको छ।
काठमाडौं, साउन २७ नेपाली रजतपटका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय श्रेष्ठलाई उनका जेठा दाइले दागबत्ती दिएका हुन् । यसअघि सूचना तथा सञ्चारमन्त्री डाक्टर मीनेन्द्र रिजालले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।
साउन २५, नेपाली चलचित्र क्षेत्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको शनिबार राति उपचारको क्रममा निधन भएको छ । गत असार २३ गते नायिका श्वेता खड्कासंग बिबाह बन्धनमा बाधिएका नायक श्रेष्ठ हनिमुन मनाउन एक महिना अघि भारतको सिमला गएका थिए । डिप निमोनियाका कारण भारतको एपोलो अस्पतालमा भर्ना भएका उनको शनिबार निधन भएको हो । अभिनय मार्फत चलचित्रको पर्दामा दर्शकलाई रुवाउन माहिर कलाकार श्रीकृष्ण श्रेष्ठले शनिबार भने नेपाली चलचित्र क्षेत्रलाई नै रुवाएर बिदा भए ।
साउन २५, काठमाडौं नेपाली चलचित्र क्षेत्रका लोकप्रीय नायक श्रीकृष्ण श्रेष्ठको शनिबार राती उपचारका क्रममा निधन भएको छ । ४७ बर्षीय श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आसर २३ गते नायिका स्वेता खड्कासंग विवाह बन्धमा बाँधिएका श्रेष्ठ हनिमुनका लागि भारतको सिमला गएका बेला निमोनियाले च्यापेपछि अस्पताल भर्ना भएका थिए ।
दोलखा, साउन ११, राष्ट्रिय प्राथमिकता प्राप्त दोलखाको लाकुरीडाँडामा प्रस्तावित अन्र्तराष्ट्रियस्तरको चलचित्र नगरी बन्ने संभाब्यता रहेको प्रतिवेदनले देखाएको छ । दोलखा सदरमुकाम चरिकोटमा सार्वजनिक गरिएको टेक्निकल फिजिविलिटि स्टडी प्रतिवेदनले दोलखाको लाकुरीडाँडा८ र ९ मा पर्ने डाङडुङे डाँडामा प्रस्तावित फिल्म सिटीको निर्माण सम्भावना देखाएको हो ।
काठमाडौ, नेपाली गजलको विकास र प्रवद्र्धनका लागि स्थापित जलसा नेपालले श्रष्टा सम्मान तथा एकल गजल वाचन कार्यक्रम गरेको छ । काठमाडौंको सर्वनाम थिएटरमा शनिबार भएको कार्यक्रममा गजलकार सुवासचन्द्र ढुंगेलको उपस्थितिमा राजेन्द्र थापाले गजल वाचन गर्नुभएको हो ।
काठमाडौ, असार ३१ । नेपाली संगीत उद्योगले वर्षेनी घाटा खेपिरहेको छ । वर्षभरिमा चार सयभन्दा बढी गीति एल्मब बजारमा आए पनि सर्जकले पाउने आम्दानी नगन्य छ । डिजिटल प्रविधिको तीब्र विकास भईरहेका बेला गायक, संगीतकार र रचनाकारले नियमअनुसार पाउनुपर्ने रोयल्टीको सानो अंश पनि पाएका छैनन् ।
असार ३० । सन् १९९४ बाट सुरुभएको मिस नेपाल सौन्दर्य प्रतियोगितासंगै नेपालमा पनि सौन्दर्य प्रतियोगिताको बाढी नै आएको छ । सौन्दर्य प्रतियोगिताको रूप अनि स्वरुप फेरिदै जाँदा यस्ता प्रतियोगिता प्रति यवा पुस्ताको आर्कषण बढेको छ । नेपालमा सन् १९९४ बाट मिस नेपाल सौन्दर्य प्रतियोगिता सुरु भएको थियो । पछिल्लो समयमा त सौन्दर्य प्रतियोगिताहरुले त प्रभुत्व जमाउँदै गएका छन् ।
असार २९ । भारतिय फिल्मकी हस्ती जोहरा सहगलको १ सय २ वर्षको उमेरमा निधन भएको छ । दिल्लीमा रहेको लोदी रोड स्थित शवदाह गृहमा उनको मृत्यु भएको हो ।
२ फागुन । युवा पुस्ताको लागि फेब्रुअरी १४ को आकर्षण वर्षैपिच्छे बढ्दै गरेको छ । यो दिन प्रेमीहरु एकअर्कालाई विभिन्न किसिमका उपहार, गुलाफको फुल, चक्लेट दिएर माया साटासाट गर्छन । कलाको रंगिचंगी संसारका कलाकारका लागि यो दिन अझ विशेष हुन्छ भन्ने आम धारणा पाइन्छ । कसरी मनाए त नेपाली कलाकारले भ्यालेन्टाइन डे ?
जेष्ठ २१,नेपाली चलचित्रको प्रचार प्रसार र प्रवर्धनमा सघाउ पुग्ने विश्वासकासाथ धरानमा सोमबार सम्पन्न दोस्रो चलचित्र महोत्सव अपेक्षा गरे अनुरुप सफल हुन सकेन ।
नेपाली रङ्गमञ्चमा नाम कमाएका धेरै कलाकारहरु विदेश पलायन हुने क्रम बढ्दो छ । रामै्र नाम र दाम कमाएका नेपाली कलाकारहरु यसरी विदेशमा कार्यक्रम गर्न जाने अनि उतै हराउने परिपाटीले विश्वमा नेपाली कलाकारको बद्नाम नै भएको छ । कलाकारको यही बानीले गर्दा रामै्र नियतले बिदेश जान लागेका लाई पनि दुतावासले प्रवेशज्ञा दिन छोडेको छ । बिदेश जान कै लागि भनेर कलाकारिता पेशा अगाल्न थालेको पनि पाइएको छ । राष्ट्रभक्तिको गुनगान गाउने तर डलरको पछाडि लाग्ने यी कलाकारले गर्दा आज देश रोएको छ ।
३० जेठ, काठमाडौ । नेपाली सिनेमाकी नायिका जेसिका खड्का मृत फेला परेकी छिन् । नायिका खड्का काठमाडौंको न्यूरोडस्थित आफ्नै कोठामा मृत फेला परेकी हुन् । जेसिका चलचित्र आवाज बाट नेपाली सिने जगतमा प्रवेश गरेकी थिइन् ।
मुम्बई क्रिकेट एसोसिएसनले कोलकत्ता नाइट राइडर्सका मालिक तथा बलिउड अभिनेता शाहरूख खानलाई वान्खेडे स्टेडियममा पाँच वर्षका लागि प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । गत बुधबार अँईपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो टिम कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेपछि खेलाडीलाई बधाई दिन मैदानमा जाने क्रममा अभिनेता खानले सुरक्षाकर्मीलाई कुटपिट गरेका थिए ।
कर छलेर अकुत सम्पती कमाउनेहरुले अब साबधान हुनु पर्ने भएको छ। राजश्व अनुसन्धान विभागले छिट्टै एक टोली गठन गरी यसको अनुसन्धान गर्ने भएको छ।