गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको छ । शुक्रबार बसेको प्रदेश अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले बहिष्कार गरेका थिए । कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै आजको बैठक बहिष्कार गरेको थियो । प्रतिपक्षी दलले […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५० ग्राम सुन बरामद गरेको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लास्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो । सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । […]