पेट्रोलियम पदार्थको मूल्य वृद्धि सँगै सरकारले दुधको मूल्य बढायो, जनता थप मर्कामा ।
माघ-१७ काठमाडौं ।
दुग्ध विकास संस्थानले आजबाट लागु हुनेगरी दूधको मूल्य बढाएको छ ।
संस्थानले बिकि्र गर्ने स्टाण्डर्ड दूध नीलो पाकेट को उपभोक्ता मूल्यमा दुई रुपैयाँ प्रति पाकेट र होल मिल्क हरियो पाकेट मा प्रति पाकेट तीन रुपैयाँ वृद्धि गरेको छ । तर नेपालगन्ज दुग्ध वितरण्ँ हकमा स्टाण्डर्ड दूधमा प्रति पाकेट एक रुपैयाँ र होल मिल्कमा प्रति पाकेट दुई रुपैयाँ वृद्धि गरिएको छ । संस्थानले बाध्यात्मक परिस्थितिका कारण्ँबाट दुधको मूल्यवृद्धि गरेको जनाएको छ ।
प्रतिक्रियाहरु
mero bhannu kehi pani 6ina kina ki jata bata pani mar ma parne janata nai hun. sansthan le yo kura ma birod ta garna sakthyo ni kansekam,,, uslai pani paisa aakai hun6 so aaba hamile dudh nai nakine pachhi kaha bikri garchhan ?
२. जुम्लामा कफ्र्यु जारी
जेष्ठ २९,कर्णाली अञ्चलको जुम्लामा नेपाली कांग्रेस र नेकपाЦमाओवादी सर्मथित विद्यार्थीहरूबीच झडप भएपछि प्रशासनकार्यालयले बुधबार पाँच बजेसम्मका लागि पुन: कफ्र्यु लगाएको छ ।
५. नेपालकै लामो जात्रा सकियो ।
जेष्ठ २४, नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा शुक्रबार भोटो देखाएर सम्पन्न भएको छ । राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थितिमा शुक्रबार अपराह्न ललितपुरको जावलाखेलमा भोटो देखाइएको हो ।
१२. तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै होली
१४ चैत्र । रंगहरूको पर्व होली बुधबार तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु पर्वलाई बसन्त पर्व तथा चीर पर्व पनि भनिन्छ । विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्य कश्यपुले बहिनी होलिकालाई आगोमा होमाएको, भगवान् श्रीकृष्णले गोपिनीको वस्त्र हरण गरेको र भगवान रामले
१३. हात्तीको आक्रमणबाट वृद्ध दम्पतिको मृत्यु
पुस, चितवन चितवनको माडीЦगर्दीमा हात्तीको आक्रमणबाट बृद्ध दम्पत्तिको मृत्युभएको छ ।
शनिबार राति गर्दी गाविस वडा नम्बर ९ द्रौपदीनगरमा हात्तीको आक्रमण परी ६५ वर्षीय बुद्धिराम वोटे र उनकी श्रीमती ६० वर्षीया जरीया वोटेको मृत्यु भएको हो ।
१४. थानकोटमा Сमहालक्ष्मीТजात्रा
१४ मंसिर, काठमाडौ । काठमाडौंको थानकोटका नेवार समुदायको मूल शक्तिपीठ Сमहालक्ष्मीТ को जात्रा चलिरहेको छ ।
वर्षको एक पटक महालक्ष्मी र गणेशको मूर्तिलाई खटमा राखेर थानकोटको नेवार वस्तीको परिक्रममा गराई यो जात्रा मनाइन्छ । दुई दिनसम्म चल्ने जात्राको आज अन्तिम दिन हो । बुधबार दिउУसो बली पूजासहित सुरू भएको मूल जात्रा पश्चात् आज विहान सिन्दुर जात्रा गरिएको थियो । सिन्दुर जात्राका क्रममा खट बोक्नेहरूमाथि सिन्दुरЦअविर छर्किने परम्परा छ ।
१५. निष्पक्ष सेवा प्रदान गर्न प्रहरी संघठन प्रतिबद्ध
७ मंसिर, काठमाडौ । प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले नागरिकलाई जनमुखी, व्यवसायिक र निष्पक्ष्ँ सेवा प्रदान गर्न प्रहरी संघठन प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सातौं महानगरीय प्रहरी दिवस २०६९ को अवसरमा आज आयुक्त कार्यालय रानिपोखरीमा भएको कार्यक्रममा महानिरिक्षक रानाले ठूला संगठित अपराधबाट राष्ट्रको पहिचानमा आУच आउने भन्दै अपराधलाई शून्यमा झार्न प्रहरी संगठन सधै प्रतिबद्ध रहेको बताउनुभयो ।