१ असार, काठमाडौ । डेलिमको आधिकारिक बिक्रेता हनिबल इण्टरनेशनल प्रालिले नयाँ स्कुटर ‘सिटी एस वान वान जिरो’ नेपाली बजारमा ल्याएको छ ।
डेलिम मोटसाइकल कम्पनी लिमिटेड कोरियाले उत्पादन गरेको यो स्कुटीको नेपाली मूल्य एक लाख ९९ हजार ९ सय रुपैया छ । ४ लिटरको इन्धन ट्यांकी रहेको स्कुटीले ५० किलो मिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।
स्कुटरको अधिकतम गति १०२ प्रति घण्टा रहेको छ । कम्पनीले एक बर्षका लागि २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठलाई सद्भावना दुत चयन गरेको जानकारी दिएको छ ।
५. सामुहिक गाइपालन सूरु : रुकुम
बैशाख १८,दुधको माग बढ्दै गएपछि रूकुमका युवाहरूले व्यावसायिक रूपमा सामूहिक गाई पालन सुरु गरेका छन् । गाउँЦगाउँबाट जिल्ला सदरमुकाम खलंगामा आएर बसोवास गरेका युवाहरूले सामूहिक रूपमा गाई पालन सुरु गरेका हुन् ।
६. औद्योगिक महासंघं आन्दोलनको तयारीमा
बैशाख १६,नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापनविरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघको बुटवलमा भएको बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेका विभिन्न निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
७. पशुपालन व्यावसायमा विमाकोषको व्यावस्था
बैशाख ९,बिमाको व्यवस्था भएपछि पाल्पाका किसानलाई पशुपालन व्यावसाय विस्तार गर्न सजिलो भएको छ । गाई, भैंसी, बंगुर र बाख्रालगायतका पशु मरे बिमाकोषबाट क्षतिपूर्ति प्राप्त हुने भएपछि किसानहरू पशुपालन व्यवसाय विस्तारमा लागेका हुन् ।
९. विगतका वर्षभन्दा एसवर्ष गहु बालीमा उत्पादन बृद्धि
बैशाख ८,गत वर्षको तुलनामा यसवर्ष रुपन्देही जिल्लामा गहुँ उत्पादन बृद्धि हुने भएको छ । गहुँ खेतीका लागि उर्बर जिल्ला मानिएको रुपन्देहीमा अनुकुल मौसम, पर्याप्त सिंचाइ, उन्नत बिउ, गुणस्तरीय मल लगायतका कारणले गहुँ उत्पादनमा बृद्धि हुने भएको हो ।
१०. चैतेदशै महत्सव
चैत्र ५,शाहवंशीय राजाहरूको उद्गमस्थल लमजुङमा प्रथम गाउँशहर चैतेदशै महोत्सव आयोजना गरिएको छ । गाउशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदालाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सव आयोजना गरिएको हो ।
१५. कोकटी र कपासबाट तयार गर्ने घरेलु उद्योग संकटमा : भोजपुर
२६ चैत्र, भोजपुरमा कोकटी र कपासबाट कपडा तयार गर्ने घरेलु उद्योग संकटमा पर्न थालेका छन् । भोजपुरको पूर्वी क्षेत्र जरायोटार, चरम्बी, याकु लगायतका गाविसहरुमा घरेलु उद्योगको रुपमा रहेको कोकटी तथा कपास खेती अहिले शून्यप्राय: अवस्थामा पुगेको हो ।