फागुन-२ बारा ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ संविधान लोकतान्त्रिक र जनवादी नभई समावेशी र सहभागितामूलक बन्ने दाबी गर्नुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसको अबसर पारेर सोमबार जनसंविधान नबने विद्रोहमा जान तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरेको २४ घण्टा नबित्दै हिजो बारामा भएको कार्यक्रममा माओवादी उपाध्यक्षसमेत रहनुभएका भट्टराईले यस्तो दाबी गर्नुभएको हो । उहाँले गलत मानसिकता भएकाहरु नेतृत्वमा रहेकाले मुलुक विकृत बन्दै गएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री भट्टराईले सभासद् तथा मन्त्री भइसकेका व्यक्तिहरु अपहरणलगायतका आपराधिक कि्रयाकलापमा व्यस्त रहनु प्रहरी उच्च अधिकारीहरु भ्रष्टाचार मुद्दा खेपिरहनुले मुलुककै बदनाम भएकॊ भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले संविधान जेठ १४ भित्रै बन्ने दावी गर्दै आफ्नै नेतृत्वको सरकार नै राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्नुभयो । उहाँले फागुनभित्र शान्त्रि प्रकि्रया टुङ्गिने विश्वाससमेत व्यक्त गर्नुभयो ।
२. जुम्लामा कफ्र्यु जारी
जेष्ठ २९,कर्णाली अञ्चलको जुम्लामा नेपाली कांग्रेस र नेकपाЦमाओवादी सर्मथित विद्यार्थीहरूबीच झडप भएपछि प्रशासनकार्यालयले बुधबार पाँच बजेसम्मका लागि पुन: कफ्र्यु लगाएको छ ।
५. नेपालकै लामो जात्रा सकियो ।
जेष्ठ २४, नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा शुक्रबार भोटो देखाएर सम्पन्न भएको छ । राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थितिमा शुक्रबार अपराह्न ललितपुरको जावलाखेलमा भोटो देखाइएको हो ।
१२. तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै होली
१४ चैत्र । रंगहरूको पर्व होली बुधबार तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु पर्वलाई बसन्त पर्व तथा चीर पर्व पनि भनिन्छ । विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्य कश्यपुले बहिनी होलिकालाई आगोमा होमाएको, भगवान् श्रीकृष्णले गोपिनीको वस्त्र हरण गरेको र भगवान रामले
१३. हात्तीको आक्रमणबाट वृद्ध दम्पतिको मृत्यु
पुस, चितवन चितवनको माडीЦगर्दीमा हात्तीको आक्रमणबाट बृद्ध दम्पत्तिको मृत्युभएको छ ।
शनिबार राति गर्दी गाविस वडा नम्बर ९ द्रौपदीनगरमा हात्तीको आक्रमण परी ६५ वर्षीय बुद्धिराम वोटे र उनकी श्रीमती ६० वर्षीया जरीया वोटेको मृत्यु भएको हो ।
१४. थानकोटमा Сमहालक्ष्मीТजात्रा
१४ मंसिर, काठमाडौ । काठमाडौंको थानकोटका नेवार समुदायको मूल शक्तिपीठ Сमहालक्ष्मीТ को जात्रा चलिरहेको छ ।
वर्षको एक पटक महालक्ष्मी र गणेशको मूर्तिलाई खटमा राखेर थानकोटको नेवार वस्तीको परिक्रममा गराई यो जात्रा मनाइन्छ । दुई दिनसम्म चल्ने जात्राको आज अन्तिम दिन हो । बुधबार दिउУसो बली पूजासहित सुरू भएको मूल जात्रा पश्चात् आज विहान सिन्दुर जात्रा गरिएको थियो । सिन्दुर जात्राका क्रममा खट बोक्नेहरूमाथि सिन्दुरЦअविर छर्किने परम्परा छ ।
१५. निष्पक्ष सेवा प्रदान गर्न प्रहरी संघठन प्रतिबद्ध
७ मंसिर, काठमाडौ । प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले नागरिकलाई जनमुखी, व्यवसायिक र निष्पक्ष्ँ सेवा प्रदान गर्न प्रहरी संघठन प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सातौं महानगरीय प्रहरी दिवस २०६९ को अवसरमा आज आयुक्त कार्यालय रानिपोखरीमा भएको कार्यक्रममा महानिरिक्षक रानाले ठूला संगठित अपराधबाट राष्ट्रको पहिचानमा आУच आउने भन्दै अपराधलाई शून्यमा झार्न प्रहरी संगठन सधै प्रतिबद्ध रहेको बताउनुभयो ।