रोकियो रानीमहल, निकितालार्इ पहिलाे गासमै ढुंगा

title
आइतवार, असार २४, २०७५

काठमाडौं । शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिनेवित्तिकै निकिता चाण्डकले अभिनय करिअर सुरु गरिन् ।

रानीमहबलबाट उनको यात्रा सुखद हुने अपेक्षा थियो । चलचित्रमा अनुबन्धित भएबापत लोभलाग्दो पारिश्रमिक पाईन । आधी रकम छायांकन अगावै लिएकी निकिताले बाँकी रकम छायांकन पश्चात दिने सहमति भएको थियो ।

दुर्भाग्य चलचित्र २० प्रतिशत छायाँकन पुरा नहुँदै फिल्म रोकिएको छ । कारण हो, निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापमकोटाबीचको किचलो ।

भुसालले सापकोटामाथि आर्थिक हिनामिना गरेको आरोप लगाए । तर, सापकोटा त्यसैलाई ठाडै अस्वीकार गर्छन् । आर्थिक किचलोका कारण चलचित्रको बाँकी छायांकन हुने नहुनेमा कुनै टुंगो नभएपछि नायिका निकितालाई पहिलो गासमै ढुंगा लागेको छ ।