समाचार

अझै ३ पटक प्रधानमन्त्री बन्ने प्रधानमन्त्री देउवाकाे दाबी

काठमाडौं, ३० कार्तिक । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफु अझै तीन पटक प्रधानमन्त्री बन्ने बताएका छन् ।

चुनाव प्रचार प्रसारका लागि धनगढी पुगेका चौथो पटक प्रधानमन्त्री रहेका देउवाले  धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफू अझै तीन पटक प्रधानमन्त्री बन्न बाँकी रहेको बताएका हुन् । उनले भने–ज्योतिषीहरुले मलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन, म फेरी तीन पटक प्रधानमन्त्री हुन बाँकी छ, कम्युनिस्टहरुले भनेर हुन्छ ?

उनले डडेल्धुराबाट जित्नेमा ढुक्क रहेकाे भन्दै  भने -सुदूरपश्चिमबाट जित्ने बित्तिकै मुलुकको प्रधामन्त्री म हुन्छु ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट