समाचार

अदालतको अवहेलना गरेको भन्दै प्रचण्डविरुद्ध परेको रिटकाे पेशी भोली,१ वर्ष जेल र १० हजार जरिवाना हुनसक्ने

काठमाडौ, ६ कार्तिक । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको रिटको अन्तिम सुनुवाई सोमबार हुने भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले गतवर्ष दायर गरेको रिटको पेशी सोमबारका लागि तोकिएको हो ।

अध्यक्ष दाहालले सर्वोच्च अदालतले शान्ती प्रक्रिया विरोधी काम गरेको आरोप लगाएर सर्वोच्चको मानहानी गरेको त्रिपाठीले दायर गरेको रिटमा उल्लेख छ ।

त्रिपाठीले न्याय प्रशाशन ऐन २०७३ को दफा १७ को १ विपरित अदालतको मानहानी गरेको भन्दै रिट दायर गर्नुभएको थियो ।

अदालतको अवहेलना गरेको प्रमाणित भए १ वर्ष कैद वा १० हजार जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।

Adalat

यसअघि माओवादी नेता बालकृष्ण ढुंगेललाई तत्काल पक्राउ गर्न माग गर्दै अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले ७ दिनभित्र पक्राउ गरी अदालतमा उपस्थित गराउन नेपाल प्रहरीका महानिरीक्षकका नाममा आदेश जारी गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट