समाचार

अन्टार्कटिकामा नेपालको हुम्ला जिल्लाभन्दा ठुलो बरफ टुक्रियो

एजेन्सी, २९ असार । अन्टार्कटिकामा रहेको विशाल बरफको भाग टुक्रिएको छ ।

अन्टार्टिकाको लारसन सी बरफी क्षेत्रबाट करिब ६ हजार वर्गकिलोमिटर क्षेत्रफलको बरफको भाग टुक्रिएको हो । टुक्रिएको भागलाई ए–सिक्टी एट नाम दिइएको छ । १० खर्ब टन वजन रहेको भनिएको यो बरफको भाग नेपालको हुम्ला जिल्लाभन्दा ठूलो छ । टुक्रिएको बरफको भाग अहिले स्वतन्त्ररुपमा समुद्रमा तैरिरहेको वैज्ञानिकहरुले बताएका छन ।

बरफको भाग टुक्रिएपछि लारसन सी बरफी क्षेत्रको क्षेत्रफल १२ प्रतिशतले घटेको जनाइएको छ । यसअघि सन् २००० मा डोल्पा जिल्ला भन्दा करिब डेढ गुणा ठूलो बी–फिप्टिन नामक बरफको भाग अन्टार्टिकाको रोस बरफी क्षेत्रबाट टुक्रिएको थियो । त्यसयता अन्टार्टिकाबाट टुक्रिएको यो नै सबैभन्दा ठूलो बरफको भाग हो । बरफको भाग टुक्रिनुको कारण मौसम परिवर्तन नभएको वैज्ञानिकहरुको भनाई छ ।

बरफको भाग टुक्रिनुले विश्व वातावरणमा तत्काल कुनै असर नपर्ने समेत बैज्ञानिकहरुको भनाई छ । वषौसम्म यसको प्रभाव नदेखिएपनि पछिल्लो घटनाले विश्वको भूखण्ड मै असर पारेकाले यो महत्वपूर्ण रहेको बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट