समाचार

अपडेट– भारतमा हावाहुरीका कारण ७१ जनाको मृत्यु

एजेन्सी । भारतको बिभिन्न राज्यमा आएको हावाहुरीमा ज्यान गुमाउनेको सङ्ख्या ७१ पुगेको छ । भारतको उत्तर प्रदेश, पश्चिम बङ्गाल, आन्ध्र प्रदेश र दिल्लीमा हावाहुरीमा परेर ७१ जनाको ज्यान गएको हो ।

भारी बर्षासगैं एक सय नौ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेकोे भारतीय मौसम बिज्ञान विभागले जनाएको छ । सबैभन्दा धेरै उत्तर प्रदेशमा ४२ जनाको ज्यान गएको छ ।

त्यस्तै आन्ध्र प्रदेशमा १२ जना, पश्चिम बङ्गालमा १४ जना र दिल्लीमा २ जना र हरियाणामा एक जनाको ज्यान गएको छ । हावाहुरीका कारण एक सय २१ ओटा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

मौसम विज्ञान बिभागले केही दिनसम्म मौसम प्रतिकुल रहने भन्दै स्थानीयलाई सतर्क रहन अपनाउन निर्देशन दिएको छ । भारतका बिभिन्न राज्यमा गत साता पनि हावाहुरीमा करिब एक सय २५ जनताको ज्यान गएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट