समाचार

अपहरणको ३ वर्षपछि नाइजेरियामा ८२ जना किशोरी रिहा

एजेन्सी, २४ बैशाख । नाईजेरियामा सक्रिय आतंकवादी संगठन बोको हरामले सन् २०१४ मा अपहरण गरेका मध्ये ८२ जना किशोरीलाई रिहा गरेको छ ।

स्विस सरकार र अन्तर्राष्ट्रिय रेडक्रसको मध्यस्थतामा लामो छलफल पछि बोको हरामले किशोरीहरु रिहा गरेको नाइजेरिया सरकारले जनाएको छ ।

किशोरीहरु रिहा गराउन नाइजेरिया सरकारले बोको हरामका कैदीहरुलाई रिहा गरेको जनाइएको छ । रिहा किशारीहरु स्वास्थ्य परिक्षणका हाल क्यामरुनको अस्पताल लगिएको र पछि राजधानी अबुजा ल्याइने जनाइएको छ ।

यसअघि अन्तर्राष्ट्रिय रेडक्रसको मध्यस्थतामा बोको हराम लडाकुले गत अक्टोबरमा २० किशोरीहरु रिहा गरेका थिए । सन् २०१४ को अप्रिलमा नाइजेरियाको उत्तरपुर्वी शहर चिबोकको विद्यालयमा आक्रमण गरी २ सय ७६ स्कुले बालिका अपहरण गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट