समाचार

अफगानिस्तानमा प्रहरी चौकीमा आक्रमण, ५ जनाको मृत्यु

एजेन्सी, ४ असार । पुर्वी अफगानिस्तानको प्रहरी कार्यालयमा भएको आक्रमणमा पाच प्रहरी मारिएका छन् ।

पुर्वी अफगानिस्तानको पाक्टिया प्रँन्तको राजधानी गरदेज शहरमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणमा अरु ३० जना भन्दा बढी घाईते भएका छन् ।

घाइते हुनेमा २० सर्वसाधारण रहेको स्थानीय अस्पताललाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुरुमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी कार्यालयको गेटमा बम विष्फोट गराएको र पछि अरु चार आक्रमणकारीले कार्यालयमा आक्रमण गरेको जनाइएको छ ।

अफगानिस्तानमा सक्रिय लडाकु समुह तालेवानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले आक्रमणको जिम्मा लिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट