समाचार

अफगानिस्तानमा बम आक्रमण, सञ्चारकर्मीसहित ३६ मारिए

काबुल, १८ बैशाख । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि छन् ।
अधिकारीका अनुसार मोटरसाईकलमा आएका आक्रमणकारीले सोमबार बिहान पहिलो बम आक्रमण गरेका थिए । लगत्तै विस्फोटस्थलमा पुगेका स्थानीय र सञ्चारकर्मीलाई लक्षित गरी पहिलो आक्रमणको करिव १५ मिनेटपछि दोस्रो आक्रमण गरिएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट