समाचार

अफगानिस्तानमा बम विस्फोट, २७ जनाको मृत्यु

एजेन्सी, १८ साउन । अफगानिस्तानको हेरा शहरमा शिया मस्जिदलाई लक्षित गरी भएको आत्मघाती बम विष्फोटमा २९ जनाको ज्यान गएको छ ।

 
हेरात शहरको बकर अबद क्षेत्रमा रहेको जवादिया मस्जिदमा भएको आक्रमणमा अरु ६० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरी अधिकारीका अनुसार दुई जना आक्रमणकारी मध्ये एकले सुरुमा मस्जिदमा जथाभावी गोली चलाएको र अर्कोले पछि आफैलाई विष्फोट गराएको थियो ।

 
आक्रमणमा दुबै आक्रमणकारी मारिएका छन् । प्रार्थानाका लागि मस्जिदमा करिब ३ सय मानिसहरु भेला भएका बेला आक्रमण भएका कारण ठूलो क्षती भएको अधिकारीले जनाएका छन् ।

 
आक्रमणको हेरातका गभर्नर मोहम्मद आसिफ रहिमी, अफगान राष्ट्रपति असरफ घानी तथा अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भत्र्सना गरेका छन् । अफगान लडाकु समुह तालेबानले आक्रमणमा आफ्नो संलग्नता रहेको अस्वीकार गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट