समाचार

अफगानिस्तानको सैनिक अस्पतालमा आइएसको आक्रमण, ३० जना मारिए

एजेन्सी, २६ फागुन । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सैनिक अस्पतालमा आक्रमण हुदा तीस जनाको ज्यान गएको छ ।
आक्रमणमा अन्य ५० जना घाइते भएको अफगान स्वास्थ्य मन्त्रालयले जनाएको छ । काबुलस्थित सरदार मोहम्मद दाउद खान सैनिक अस्पताल हाताभित्र आत्मघाती तथा बन्दुकधारी लडाकुले प्रवेश गरी आक्रमण गरेका हुन् ।

केही आक्रमणकारीले चिकित्सकको पोसाक लगाएको प्रत्यक्षदर्शीलाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । अफगान राष्ट्रपति अशरफ घानीले अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा सम्बोधन गर्ने क्रममा आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

आक्रमण भएको अस्पताल रहेको क्षेत्र नजिकै अमेरिकी राजदूतावास पनि रहेकोले आक्रमणले काबुलको सुरक्षामा गम्भिर प्रश्न उठेको विश्लेषण गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट