समाचार

अबैध काठसहित ट्याक्टर नियन्त्रणमा

धनकुटा, ६ फागुन । धनकुटाको हिले नजिकबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । चोरी निकासी गरेको अवस्थामा सिसौको काठसहित ट्याक्टर नियन्त्रणमा लिएईको प्रहरीले जनाएको छ । सदरमुकामतर्फ ल्याउादै गरेको अवस्थामा १ सय २२ थान सिसौका चिरान काठसहित को.२ त ३०९८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।
रातिको समयमा गैरकानुनी रुपमा काठ निकासी गरेको पाइएकोले नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको काठ र ट्याक्टर जिल्ला वन कार्यालयमा जिम्मा लगाईने प्रहरीले जनाएको छ ।
नियन्त्रण गरिएको ६१ दशमलव ६८ क्वीविक फूट काठको बजार मुल्य एक लाख बढि हुने बन कार्यालयले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

0

थप केही अन्तराष्ट्रिय समाचारबाट