समाचार

अबैध घरेलु मदिरा नष्ट

रामहरि न्यौपाने नुवाकोट, ६ माघ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न स्थानबाट बरामद गरेको ठूलो परिणामको अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

मदिरको घरेलु अबैध उत्पादन र कारोबार नियन्त्रणको ‘बिशेष अभियान’ अन्तर्गत एक महिनाको अवधीमा प्रहरीले तीन हजार तीन सय लिटर अवैध मदिरा प्रहरी कार्यालय परिसरमा नष्ट गरेको हो । घरेलु मदिरा साँस्कृतिक परम्परा एंव घरायसी प्रयोजनका लागी उत्पादन गर्न पाइए तर व्यापारिक कारोबार गर्न नपाइने व्यवस्था छ । घरेलु मदिराको अवैध उत्पादन तथा कारोबारबाट परिवारदेखि समाजमा झै–झैगडा, पारिवारिक विखण्डन र शान्ति शुरक्षामा समेत खलल पुगेको पाइएपछि नियन्त्रण अभियान थालेको प्रहरीले जनाएको छ ।

नुवाकोट प्रहरीले अवैध घरेल मदिरा उत्पादन तथा विक्रीमा संलग्नलाई पहिलो पटक सचेत गराएर छाडिएको र जारी राखेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. I just want to mention I’m new to blogging and really loved your web-site. Likely I’m likely to bookmark your website . You certainly have exceptional well written articles. Thanks for revealing your blog.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट