समाचार

अमेरिकाको चर्चमा गोली चल्यो, २७ को मृत्यु, २४ घाइते

एजेन्सी, २० कात्तिक । अमेरिकाको टेक्सासमा रहेको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २७ जना मारिएका छन् भने अन्य २४ जना घाइते भएका छन् ।

नियमित प्रार्थनाका लागि मानिसहरु भेला भएका बेला एक बन्दुकधारीले टेक्सासको विल्सन काउन्टीमा रहेको चर्चमा अन्धाधुन्ध गोली चलाएको थिए ।

चर्चमा पसेका बन्दुकधारीले स्थानीय समय अनुसार आइतबार बिहान साढे ११ बजे गोली चलाएको प्रहरीले जनाएको छ । टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो र दुःखद गोलीकाण्ड रहेको गभर्नर ग्रेग एबोटले बताएका छन् । अन्धाधुन्ध गोली चलाउने बन्दुकधारी घटना लगत्तै जवाफी कारवाहीमा मारिएको जनाइएको छ ।

गाडीमा चढेर भाग्दै गरेका आक्रमणकारी प्रहरीको कारवाहीमा मारिएका हुन् । घटनामा ज्यान गुमाएकाहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । घटनाको उद्धार तथा छानबिनको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

यसअघि न्युयोर्कमा गत साता एक व्यक्तिले साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको ज्यान गएको थियो । यो घटना लगत्तै एयिसा भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई लगायत सुरक्षा निकायले आफ्नो काम शुरु गरेको र आफुले जापानवाट घटनाको निगरानी गरिरहेको टिवट् गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट