समाचार

अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु

एजेन्सी, १६ असोज ।अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार हुदा कम्तिमा २० जनाको ज्यान गएको छ ।

घटनामा एक सय जनाभन्दा धेरै घाइते भएको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

होटलको माथिल्लो क्षेत्रबाट आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको प्रत्यदर्शीले बताएका छन् । लस भेगास प्रहरीले घटनामा संलग्न एकजना जवाफी कारवाहीमा मारिएको बताएको छ ।

एकजनाले मात्रै गोली हानेको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाउनेमा ड्युटी सकायका प्रहरी अधिकारी बढी छन् । ज्यान गुमाउनेको परिचय अहिलेसम्म खुलाइएको छैन । घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट