समाचार

अमेरिकाद्वारा इरानसँगको परमाणु सम्झौताबाट बाहिरिएको घोषणा

एजेन्सी । इरानसँगको परमाणु सम्झौताबाट अमेरिकाले अलग्गिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताबाट अलग भएको घोषणा गरेका हुन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौता अहिले आएर अमेरिकाका लागि अर्थपूर्ण नरहेको भन्दै ट्रम्पले यो सम्झौताबाट अलग भएको घोषणा गरेका हुन् ।

अमेरिकासहित फ्रान्स, जर्मनी, बेलायत, चीन, रुस र इरानबीच सन् २०१५ मा इरानको परमाणु कार्यक्रम रोक्ने सम्झौता भएको थियो । सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रम रोकेको बदलामा इरानमाथि लगाइएका नाकाबन्दी तथा अरु प्रतिबन्ध फुकुवा हुने सहमति बनेको थियो । परमाणु कार्यक्रमबाट अलग भएको अमेरिकी घोषणाको इजरायलले भने समर्थन गरेको छ ।

तर सम्झौतामा सहभागी भएका फ्रान्स, जर्मनी, रुस चीन र बेलायतले भने अमेरिकी घोषणाको विरोध गरेका छन् । सम्झौता तोडेकोमा इरानले पनि कडा शब्दमा निन्दा गरेको छ । यो सम्झौता एकतर्फी रुपमा तोडेसँगै इरानमाथि अमेरिकाले आर्थिक नाकाबन्दी लगाउन सक्ने जनाइएको छ । इरानले भने अमेरिका सम्झौताबाट अलग भएपछि आगामी दिनमा युरेनियम प्रवर्धनको काम थाल्ने चेतावनी समेत दिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट