समाचार

अमेरिकामा मृत्यु हुनेको संख्या ५० पुग्यो, २ सय बढि घाइते

एजेन्सी, १६ असोज । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार हुदा कम्तिमा ५० जनाको ज्यान गएको छ ।

घटनामा दुई सय जनाभन्दा धेरै घाइते भएको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो । होटलको ३२ औं तल्लाबाट आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको प्रत्यदर्शीले बताएका छन् ।

घटनामा संलग्न ६४ वर्षीय स्टेफेट प्याडडक जवाफी कारवाहीमा मारिएका छन । घटनामा ज्यान गुमाउनेमा ड्युटी सकायका प्रहरी अधिकारी बढी छन् । घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बराक ओबामा लगायले घटनाको निन्दा गरेका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट