समाचार

अमेरिकालाई उत्तर कोरियाको चेतावनी, नाकाबन्दीको बदलामा ठुलो नोक्सानीका लागि तयार होउ

एजेन्सी, २४ साउन । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आफ्नो देशबिरुद्ध अनुमोदन गरेको थप नाकाबन्दीको बदलामा अमेरिकाले ठूलो नोक्सान भोग्नुपर्ने चेताबनी दिएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा आयोजित दक्षिणपुर्वी एसीयाली राष्ट्रहरुको क्षेत्रिय सम्मेलनमा बोल्दै उत्तर कोरियाली बिदेशमन्त्री री योङ होले अमेरिकी आणबिक धम्कीबाट आत्मरक्षा गर्न आफ्नो देशले क्षेप्यास्त्र परिक्षण जारी राखेको दाबी गरे ।

अमेरिकी आणबीक खतराबाट आफ्नो मुलुकको रक्षा गर्न क्षेप्यास्त्र तथा आणबीक कार्यक्रमलाई निरन्तरता दिइने पनि मन्त्री होको भनाई थियो । उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले कडा प्रतिबन्धको निर्णय गरेपछि अब उत्तर कोरिया बार्तामा बस्नुको औचित्य नरहेको होले बताए ।

बिदेशमन्त्री होले उत्तर कोरियाबिरुद्व अमेरिकाले सैन्य शक्तिको प्रयोग गरे ठूलो पाठ सिक्ने भन्दै धक्की र नाकाबन्दीको अमेरिकी राजनीतिसंग उत्तर कोरिया कदापी बिचलीत नहुने बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट