समाचार

अमेरिकाले उडायो कोरियाली प्रायद्विपमा बमवर्षक विमान

काठमाडौ, २६ असोज । अमेरिका र उत्तर कोरियाबीच तनाव जारी रहेका बेला अमेरिकाले कोरियाली प्रायद्विपमा आणविक बम वर्षक बी वान बी विमान उडाएको छ ।

प्रशान्त महासागरमा रहेको अमेरिकी भूमी गुआमबाट उडेका बी वान बी बमबर्षक विमान र दुई दक्षिण कोरियाली एफ फिफ्टिन–के लडाकु विमानले कोरियाली प्रायद्विपको आकाशमा अभ्यास गरेको बताईएको छ ।

दुई बमवर्षक बी वान बी विमानले दक्षिण कोरियाली आकाशमा, आकाशबाट जमिनमा मार हान्ने सैनिक अभ्यास गरेको दक्षिण कोरियाली सैनिक अधिकारीले जनाएका छन् ।

त्यस्तै अमेरिकी सैनिक अधिकारीले दक्षिण कोरियामा अभ्यास गरिसकेपछि बमवर्षक विमानले जापानी वायुसेनासग पनि अभ्यास गरेको जनाएका छन् । सैनिक अभ्यासबारे अमेरिकी राष्ट्रपलिाई जानकारी गराइएको अमोरिकी सेनाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट