समाचार

अमेरिकाले कतारलाई बेच्ने भयो सैन्य हवाई विमान

एजेन्सी, १ असार । साउदी अरब गठबन्धन मूलुकहरुले कतारसग गरेको कुटनैतिक सम्बन्ध तोडेपछि उत्पन्न तनावकाबीच कतारलाइ अमेरिकाले सैन्य हवाइ विमान बेच्ने भएको छ ।

अमेरिकाले एक करोड २० लाख डलरमा एफ फिफ्टिन नामक सैन्य हवाइ विमान कतारलाइ बेच्ने सहमति गरेको हो । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस र कतारी रक्षा मामिला बिदेशमन्त्री खालिद अल अतियानबीच भएको भेटबार्तामा अमेरिकाले कतारलाइ हवाइ बिमान बेच्ने सहमति गरेको हो ।

एफ फिफ्टिन हवाइ बिमानको खरिदपछि कतारको सुरक्षा क्षमता बढ्ने अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले सिएनएनलाइ बताएका छन् । अमेरिकी र कतारी रक्षामन्त्रीबीचको भेटवार्तामा साउदी अरब गठबन्धन मुलुकहरु र कतारबीच चर्कीरहेको तनावको समाधान तथा प्रतिआतंकबादको बिषयमा पनि छलफल भएको बताइएको छ ।

कतारले आतङ्कबादी गतिबिधिलाइ प्रश्रय दिइरहेको आरोपमा साउदी अरब, यूएइ र बहराइनको नेतृतवमा अन्य १० साउदी अरब गठबन्धनका मुलुकहरुले कतारमाथि कडा प्रतिबन्ध लगाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट