समाचार

अमेरिकासँग वार्ता नगर्ने उत्तर कोरियाको चेतावनी

एजेन्सी । उत्तर कोरियाले अमेरिकासँग आगामी महिना हुने भनिएको शिखरवार्ताका विषयमा पुनर्विचार गर्ने चेतावनी दिएको छ । कोरियाली प्रँयद्विपमा अमेरिका र दक्षिण कोरियाबीच भएको संयुक्त सैनिक अभ्यासलाई लिएर उत्तर कोरियाले शिखर वार्ताका विषयमा पुनर्विचार गर्ने चेतावनी दिएको हो ।

आगामी जुन १२ का लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको शिखर वार्ताको तयारी थालिएको थियो ।

यसबीचमा उत्तर कोरियाले पुनः सैनिक अभ्यासलाई लिएर शिखर वार्ताबारे पुनःविचार गर्न बाध्य हुने चेतावनी दिएको हो । उत्तर कोरियाले दक्षिण कोरियासँग जारी उच्चस्तरीय वार्तामा पनि नबस्ने चेतावनी पनि दिएको छ ।

यसअघि पनि अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्विपमा संयुक्त सैन्य अभ्यास गरेका थिए । यसबाट उत्तर कोरिया रुष्ट बनेको हो । शिखर वार्ता भाडिने संकेत देखिएसँगै शान्ति तथा स्थायीत्वको दिशामा अघि बढिरहेको कोरियाली प्रायद्विपमा फेरि संकट उत्पन्न हुन सक्ने चिन्ता बढेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट