समाचार

अमेरिका–टर्की सम्बन्ध चिसियो

एजेन्सी, २३ असोज । कुटनीतिक तनाव बढिरहेका बेला अमेरिका र टर्कीले एक अर्का मुलुकका नागरिकलाइ गैर आप्रवासी भिसा जारी गर्ने कार्य स्थगित गरेका छन् ।

टर्कीमा रहेको अमेरिकी राजदूतावासले टर्कीका नागरिकलाई अमेरिका जान गैर आप्रवासी भिसा प्रक्रिया स्थगीत गर्ने जनाएपछि टर्कीले पनि अमेरिकी नागरिकलाई भिसा जारी गर्न स्थगित गर्ने जनाएको हो । टर्की सरकारले इस्तानबुल शहरमा अमेरिकी नियोगका कर्मचारीलाइ गत साता पक्राउ गरेपछि दुइ देशबीच कुटनीतिक तनाव उत्पन्न भएको थियो ।

इस्तानबुलमा आफ्नो नियोगका कर्मचारीलाइ बिनाकारण पक्राउ गरेको भन्दै अमेरिकाले सुरुमा टर्कीका नागरिकहरुलाइ गैर आप्रवासी भिसामा प्रतिबन्ध लगाएको टर्कीको राजधानी अङकरास्थित अमेरिकी नियोगले जनाएको थियो ।

अमेरिकी नियोगको घोषणा आएलगत्तै २४ घण्टाभित्रै अमेरिकी राजधानी वासिङटनस्थित टर्किस नियोगले पनि आफ्नो मुलुकमा अमेरिकी नागरिकहरुलाइ भिसा नदिने घोषणा गरेको हो ।

गत बर्ष टर्किको सरकार हटाउन सैन्य कु को प्रयासमा संलग्न रहेको भन्दै अमेरिकी नियोगका कर्मचारीलाइ पक्राउ गरिएको टर्कीका अधिकारिहरुले बताउंदै आएका छन् । यता अमेरिकी अधिकारिहरुले भने आफ्ना कर्मचारीमाथिको आरोप आधारहिन रहेको दाबी गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट