समाचार

अमेरिका र दक्षिण कोरियाले गरे संयुक्त सैन्य अभ्यास

एजेन्सी, २४ असार । उत्तर कोरियाली अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेपछि क्रुद्ध बनेका अमेरिका र दक्षिण कोरियाले जवाफी क्षेप्यास्त्र परिक्षणसंगै सैन्य अभ्यास शुरु गरेका छन्।

अमेरिका र दक्षिण कोरियाले जापानी समुद्रमा उत्तर कोरियाली खतराबाट जुध्न भन्दै संयुक्त सैन्य अभ्यास गरेका हुन। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरको उत्तेजक ब्यबहार बिरुद्ध दक्षिण कोरियाले धैर्य र आत्मसंयम प्रदर्शन गरिरहेपनि यस्लाई कम्जोरी नठान्न उत्तर कोरियालाई चेताबनी दिए ।

उनले अमेरिकासंगको सहकार्यमा आफ्नो मुलुकलाई उत्तर कोरियाली क्षेप्यास्त्र हमलाको खतराबाट रक्षा गर्न क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको भनाईमा नभएर कार्यरुपमै प्रदर्शन गरिने बताए। दक्षिण कोरियामा अमेरिकाले राख्न खोजेको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको चीनले भने चर्को आलोचना गर्दै आएको छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट