समाचार

अमेरिकी उपराष्ट्रपति पेन्स इण्डोनेसियामा

एजेन्सी, ७ बैशाख । एशिया भ्रमणका क्रममा रहेका अमेरिकी उप राष्ट्रपति माइक पेन्स इण्डोनेशिया पुगेका छन् ।

पेन्सले इण्डोनशियाली राष्ट्रपति जोको विदोदोसग भेटवार्ता गरेका छन् । विदोदो सगको भेटवार्ताका क्रममा पेन्सले दक्षिण पुर्वी एशियको दोश्रो ठुलो अर्थतन्त्रसग व्यापारिक सम्बन्ध बिस्तार गर्न अमेरिका तयार रहेको बताएका छन् ।

भेटवार्ता पछिको संयुक्त पत्रकार सम्मेलनमा उपराष्ट्रपति पेन्सले इण्डोनेशिया र अमेरिकाले द्विपक्षीय लगानी र सहकार्यका लागी रणनीतिगत सम्बन्ध बढाउने बताए । पेन्सको भ्रमणका क्रममा दुई मुलुकबीच आतङकवाद विरुद्धको सहकार्यका लागी आग्रह गरेका छन् ।

पेन्सले इण्डोनेशियाको उदार समाजिक र राजनीतिक व्यवस्थाको प्रसंशा समेत गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट