समाचार

अमेरिकी टापु गुआममा क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाले धम्की

अमेरिका, २८ असोज । अमेरिकाले उत्तर कोरिया बिरुद्ध उत्तेजनामुलक सैन्य प्रदर्शन गरिरहे अमेरिकी टापु गुआममा क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाले धम्की दिएको छ ।
उत्तर कोरियाली प्रायद्धिपमा अमेरिकाले सैन्य अभ्यासहरु गर्दै उत्तेजना फैलाइरहे प्रशान्त महासागरस्थित अमेरिकी भुमी गुआममा क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाले पुनः धम्की दिएको हो ।केही दिन अघि कोरियाली प्रायद्धिपमा अमेरिकी आणविक पनडुब्बी तथा दक्षिण कोरियास“ग मिलेर संयुत्त नौसैनिक अभ्यास गरी उत्तेजना फैलाएको र यो क्रम जारि राखे गुआममा क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाले धम्की दिएको समचार संस्था केसिएन्एले जनाएको हो ।

गत अगस्टमा पनि उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनले अमेरिकी भुमी गुआममा क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका थिए ।उत्तर कोरियाले आत्मरक्षाका लागी गुआममा क्षेप्यास्त्र प्रहार गर्ने बताउदै आएको र सो कुरा कार्यन्वयन गर्ने पछि नपर्ने उत्तर कोरियाली बिदेशमन्त्रालयको अमेरिकी अध्ययन संस्थााका अध्यता किम क्वाङ हकले केसिएनए मार्फत चेतावनि दिएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट