समाचार

अमेरिकी बमवर्षक विमान खसाल्ने उत्तर कोरियाको चेतावनी

एजेन्सी, १० असोज । अमेरिकाले उत्तर कोरियाली पुर्वी तटीय क्षेत्रमा उडाएको बम बर्षक बिमान उत्तर कोरियाले खसालिदिने चेतावनी दिएपछि कोरियाली प्रायद्विपमा तनाव चर्कीएको छ ।

उत्तर कोरियाले पुन अर्को आणविक बम परिक्षण गर्ने धम्की दिइरहंदा अमेरिकाले कोरियाली प्रायद्विपमा उडाएको बी वान बी बम बर्षक उत्तर कोरियाले खसालिदिने चेतावनी दिएपछि कोरियाली प्रायद्विपको तनाव उत्कर्षमा पुगेको हो । अमेरिकाले आफ्नो हवाइ क्षेत्रमा बम बर्षक बिमान उडाएर ठुलो युद्ध निम्ताएको उत्तर कोरियाले आरोप लगाएको छ ।

यता अमेरिकाले भने आफ्नो आत्मरक्षाका लागी बम बर्षक बिमान उडाएको तर कुनै पनि युद्ध नचाहेको बताउदै आएको छ । उत्तर कोरियाले अर्को आणविक बम परिक्षण गर्ने धम्की दिएपछि उमेरिकाले कोरियाली प्रायद्धिपमा आफ्नो सैन्य शक्ति प्रर्दशन गर्दै बम बर्षक बिमान उडाएको थियो ।

अमेरिकास्थित न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो ले आफ्नो हवाइ क्षेत्रमा अमेरिकाले उडाएको बम बर्षक बिमान खसाल्ने उत्तर कोरियाको अधिकार रहेको बताएका थिए ।

न्यु योर्कमा सञ्चारकर्मीहरुसग कुरा गर्दै बिदेशमन्त्री रि ले अमेरिकाले बम बर्षक बिमान आफ्नो हवाइक्षेत्रमा उडाएर ठुलो युद्ध निम्ताइरहेकोे आरोप लगाएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट