समाचार

अमेरिकी महान्यायाधीवक्ताले लिखित स्पष्टिकरण दिने

एजेन्सी, २१ फागुन । अमेरिकी महान्यायाधीवक्ता जेफ सेसेन्सले रुसी राजदूतसग सम्पर्कमा रहेको भन्ने आरोपका सन्दर्भमा संसद्मा लिखित स्पष्टिकरण दिने अमेरिकी न्याय विभागले जनाएको छ ।
डेमोक्र्याटिक पार्टीका नौ जना सांसद्ले सेसेन्सलाइ संसद्मा उपस्थित भएर जवाफ दिन आह्वान गरेका थिए । तर, अमेरिकाको न्याय विभागले डेमोक्र्याटिक पार्टीका सांसद्ले भनेअनुसार सेसेन्सले संसद्मा उपस्थित भएर जवाफ नदिने तर, आगामी सोमबार संसद्मा लिखित स्पष्टिकरण दिने जनाएको छ ।
सेसेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका क्रममा अमेरिकाका लागि रुसी राजदूत सेर्गेइ किस्लेइसग नियमित सम्पर्कमा रहेको समाचार सार्वजनिक भएको थियो । रुसी राजदूतसग सम्पर्कमा रहेको समाचार सार्वजनिक भएपछि डेमोक्र्याटिक पार्टीका पदाधिकारीहरुले सेसेन्सको राजीनामा माग्दै आएका छन् ।
यसअघि आफ्नो पद सम्हाल्नुअघि रुसी राजदूतसग सम्पर्कमा रहेको आरोप लागेपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लहकार माइकल फ्लानले पद त्याग्नु परेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट