समाचार

अमेरिकी राज्य हवाइमा ज्वालामुखि बिस्फोट सगैँ ५ रेक्टर स्केलको भुकम्प, हजारौ प्रभावित्

अमेरिका, २१ बैशाख । मध्य प्रशान्त महासागरस्थित अमेरिकी राज्य हवाइमा ज्वालामुखि बिस्फोट भएको छ ।

हवाइ राज्यको पुर्वतर्फ आवासिय क्षेत्रमा केलेइअ नामको ज्वालामुखि बिष्फोट हुँदा हजारौं नागरिक प्रभावित् भएका छन् । स्थानीय नागरिक सुरक्षा निकायले प्रभावित् स्थानीयलाई सार्वजनिक शिविरमा सर्न निर्देशन दिएको छ । स्थानीय समय अनुसार बिहिबार ज्वालामुखि बिष्फोट संगै ५ रेक्टर स्केलको भुकम्प आएको र बिभिन्न पराकम्प आउने क्रम नरोकीएको एजेन्सीहरुले जनाएका छन् ।

हवाइको ज्वालामुखि राष्ट्रिय पार्क क्षेत्रमा रहेको केलेइअ ज्वालामुखि विश्वमै सक्रिय ज्वालामुखि मध्ये एक मानिन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट