समाचार

अमेरिकी राष्ट्रपति संवाददाताको भोजमा सहभागी नहुने

एजेन्सी, १५ काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसवर्ष ह्वाइट हाउसका संवाददाताहरुको भोजमा सहभागी नहुने भएका छन् ।
ट्रम्पले एक ट्विट गर्दै आगामी अप्रिल २९ मा हुने भोजमा सहभागी नहुने बताएका हुन् । ह्वाइट हाउसका संवाददाताको संगठनले सन् १९२१ देखि आयोजना गर्दै आएको भोजमा अमेरिकी राष्ट्रपति प्रमुख अतिथी बन्ने परम्परा रहिआएको छ ।
भोजबाट उठेको पैसा पत्रकारिता अध्ययनका गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ती दिनका लागि खर्च गरिन्छ । अमेरिकी राष्ट्रपतिले भोजमा सहभागी नहुने बताएपनि भोजको कार्यक्रम नरोकिने ह्वाइट हाउसका संवाददाताको संगठनले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट