समाचार

अमेरिकी वायुसेनाले खसाल्यो सिरियाली विमान

एजेन्सी, ५ असार । सिरियाको रक्का शहर नजिक अमेरिकी वायुसेनाले सरकारी लडाकु विमान खसालिदिएको छ ।

रक्का शहरको दक्षिणमा रहेको रसफा गाउमा भएको घटनामा सिरियाली लडाकु विमानका पाइलट हराइरहेको जनाइएको छ । घटनामा अमेरिकी सुपर हर्नेट लडाकु विमानले सिरियाली सुखोई सु ट्वेन्टी टु लडाकु विमान खसालेको हो ।

आफुले समर्थन गरेका लडाकुलाई लक्षित गरी बम खसालेका कारण सिरियाली लडाकु विमान खसालिएको अमेरिकाले जनाएको छ । तर, सिरियाली अधिकारीले भने रक्का नजिक इस्लामिक स्टेट विरुद्ध कारवाही गरिरहेको समयमा अमेरिकाले आफ्नो लडाकु विमान खसालेको सिरियाली अधिकारीले आरोप लगाएका छन् ।

सिरियाली गृहयुद्ध सुरु भएयता अमेरिकी वायुसेनाले सिरियाली लडाकु विमान खसालेको यो पहिलो घटना हो । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले सिरियामा अमेरिकी आक्रमणको विरोध गर्दै सिरियाली सार्वभैमिकताको सम्मान गर्न चेतावनी दिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट