समाचार

अमेरिकी सैनिक तालिम केन्द्रमा भएको दुर्घटनामा २ सैनिकको मृत्यु

अमेरिका, २१ असोज । अमेरिकी सैनिक तालिम केन्द्रमा भएको दुर्घटनामा २ सैनिकको ज्यान गएको छ ।
साउथ क्यारोलिना राज्यको फोर्ट ज्याक्सनमा भएको दुर्घटनामा अरु ६ सैनिक घाइते भएका छन् । सैनिक तालिम केन्द्रमा भेला भएका सैनिकहरुलाई एउटा अनियन्त्रित सैनिक सवारी साधनले ठक्कर दि“दा दुर्घटना भएको हो ।
घाइते मध्ये दुई सैनिकको अवस्था गम्भिर रहेको जनाइएको छ । मृतक तथा घाइते सैनिकको पहिचान भने सार्वजनिक गरिएको छैन ।
सैनिक तालिम केन्द्र फोर्ट ज्याक्सनका कमाण्डरले विज्ञप्ती जारी गर्दै दुर्घटनाका कारण आफू मर्माहत भएको जनाएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीले जनाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट