समाचार

अरुण नदी थुनिएर ताल बन्यो, बस्ती जोखिममा

संखुवासभा, ८ बैशाख ।  संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिदाँ त्यस क्षेत्रमा स्थानीय जोखिममा परेका छन् । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई थुलेपछि त्यहाँ विशाल ताल बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए। उनले भने– ‘अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको छ, त्यस क्षेत्रका करि ८० परिवार जोखिममा परेका छन् ।’

उद्धारका लागि उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेको छ । अहिले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटनास्थल सदरमुकाम खादबारीबाट २ दिनको पैदलमा पर्छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार त्यसँ क्षेत्रमा नेपाली सेना पनि खटिइकेको छ । अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ ।

यसैबीच, यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् ।

यसअघि सिन्धपाल्चोकको जुरेमा  पहिरो खस्दा भोटेकोशीमा पनि यस्तै ताल बनेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट