समाचार

अर्को गठबन्धन बनाउन काँग्रेसले पहल थाल्यो

काठमाडौ, १८ असोज । एमाले माओवादी र नया शक्ति पार्टी नेपालले चुनावी तालमेलका लागि सहमति गरेको अर्को दिन बुधबार बसेको काग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आगामी चुनावमा प्रजातान्त्रिक पार्टीहरुका बिचमा तालमेल गर्ने विषयमा छलफल शुरु गरेको हो ।

काग्रेसले सत्तामै रहेको माओवादी केन्द्र प्रतिपक्षी दल एमालेसग चुनावी तालमेल गर्न सहमति गरेपछि काग्रेस पनि तालमेलका लागि अघि सरेको हो ।

काग्रेसले मधेशकेन्द्रित दलहरु, राप्रपा लगाएतका दलहरुसग चुनावी तालमेल गर्ने विषयमा छलफल गर्ने र छिटै ती पार्टीहरुका बीचमा सहमति गर्ने निर्णय गरेको छ । काग्रेसले वर्तमान सरकारका विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए के गर्ने भन्ने विषयमा पनि बुधबार कानूनविद्हरुसग छलफल गरेको छ ।

अहिलेको सत्तासाझेदार दल माओवादी केन्द्रले सरकारमै रहने वा सरकारबाट बाहिरिने भन्ने विषयमा औपचारिक केही निर्णय नगरेपनि सत्ताको नेतृत्व गरिरहेको का“ग्रेसले भने अविश्वासको प्रस्ताव दर्ता भए कसरी अघि बढ्ने भन्ने विषयमा छलफल शुरु गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट