समाचार

असफल सैन्य कुमा संलग्न रहेको आरोपमा टर्कीले १ सय ४० जनालाई पक्राउ

टर्की, ४ कात्तिक । गत वर्षको जुलाईमा भएको असफल सन्य कुमा संलग्न रहेको आरोपमा टर्कीले १ सय ४० जनालाई पक्राउ गर्ने कारवाही थालेको छ ।

टर्किस प्रहरीले कुका मुख्य योजनाकार मानिने अमेरिकामा निर्वासित टर्कीस धर्मगुरु फेतुल्लाह गुलेनस“ग आबद्ध रहेको आशंकामा कारवाही थालेको हो । टर्कीका २४ प्रँन्तमा टर्किस प्रहरीले कारवाही थालेको हो ।

पक्राउ पुर्जी जारी गरिएकामध्ये अधिकांश इस्तानबुल शहरको कयनाक होल्डीङ नामक व्यापारिक संस्थाका अधिकारी रहेको जनाइएको छ । कयनाक होल्डिङ नामक संस्था गुलेनस“ग सम्बद्ध रहेको पक्राउ परेका अभियुक्तहरुले बाइलक नामक मोबाइल एप्लीकेसन प्रयोग गर्ने गरेको टर्किस अधिकारीले जनाएका छन् । टर्किस अधिकारीले त्यस एप्लीकेसनमा आफ्नो पहुच पुयाएर अभियुक्तहरुको पहिचान गरेको जनाइएको छ ।

टर्कीले कू मा संलग्न रहेको अभियोगमा हजारौ मानिसहरु कारवाहीमा परिसकेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट