समाचार

अस्थायी राजधानी तोक्ने तयारीबाट सरकार पछि हट्यो

काठमाडौ, २२ पुस । प्रदेशसभाको राजधानी तोक्ने आफ्नो तयारीबाट सरकार पछि हटेको छ ।

काठमाडौमा भएको कार्यक्रममा सरकारका प्रभावशाली मन्त्री मीनबहादुर विश्वकर्माले अस्थायी राजधानी तोक्ने सरकारी तयारी रहेका बेला बिभिन्न स्थानमा आन्दोलन शुरु भएको भन्दै तत्काल राजधानी तोक्ने आफ्नै तयारीबाट सरकार पछि हटेको बताए ।

उनले सबै प्रदेशका प्रदेशभाको पहिलो बैठक काठमाडौमै बोलाउने र संविधानअनुसार प्रदेशसभा आफैले आफ्नो राजधानी तोक्ने तयारी थालेको बताए ।

उनले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख तोकिने र पहिलो बैठक काठमाडौका बिभिन्न स्थानमा बसाल्ने गरी काम अघि बढाइएको बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट