समाचार

अस्पतालमा अक्सिजन नहुँदा भारतमा ६३ बालबालिकाको मृत्यु

एजेन्सी, २९ साउन । भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालमा अक्सिजन सेवा अबरुद्ध हुदा मृत्यु हुने बालबालिकाको सङख्या ६३ नाघेको छ ।

उत्तर प्रदेशस्थित गोरखपुर जिल्लामा रहेको बाबा राघब दास अस्पतालमा अक्सिजन सेवा अबरुद्ध भएपछि बिगत ५ दिनयता ६३ जना इन्सेफ्लाइटीस नामक मस्तिष्क सम्बन्धी रोगका बिरामी बालबालिकाहरुको ज्यान गएको जनाइएको छ ।
अस्पतालले अक्सिजन सेवाको कर नतिरेका कारण सेवा ठप्प भएपछि बिरामीहरुको उपचार हुन नसकेको सेवाग्रहीले आरोप लगाएका छन् । अस्पतालमा अक्सिजन सेवा रोकिएपछि चिकित्सकहरुले बिरामीहरुको श्वास प्रश्वासका लागी प्राथमिक उपाय अपनाएको जनाइएको छ ।

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदीत्यनाथको घटनाको बिस्तृत अनुसन्धानका लागि निर्देशन दिइसकेको जनाएका छन् । अधिकारिहरुले भने अस्पतालमा हक्सिजन सेवा अबरुद्द भए पनि बिरामीहरुको स्वास्थ्य गम्भिरताका कारणको मृत्यु सङख्या बढेको दाबी गरेका छन् । यो क्षेत्र आदीत्यनाथले बिगत २० बर्षदेखी चुनाव जितेको क्षेत्र हो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट