समाचार

अाणविक कार्यक्रम बन्द गर्ने उत्तर काेरियाको घाेषणा

एजेन्सी । उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ ।
विश्वकै लागि ठूलो तनावको विषयमा रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङ उनले बताउनु भएको छ ।

सत्तारुढ दलको एउटा विषेश बैठकमा नेता उनले शुक्रबार यस्तो घोषणा गर्नु भएको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।

उहाँको यो घोषणासँगै दक्षिण कोरिया र अमेरिकासँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

नेता उनले आउदो साता दक्षिण कोरियाका राष्ट्रपतिसँग र त्यसपछि आउदो जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुवै देशसँगको वार्ताको तयारी भईरहेका बेला उत्तर कोरियाको तिव्र परिवर्तनका खवरहरु सार्वजनिक भईरहेका छन् ।
शान्ति र आर्थिक वृद्धिका लागि आफ्नो देशले आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गर्ने निर्णय लिएको नेता उनले बताउनु भएको छ ।

क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने उनको घोषणालाई अन्य देशका नेताहरुले भने स्वागतयोग्य कदम भएको भन्दै प्रशंसा गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “यो उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुशीको खबर हो ।” ट्रम्पले यसलाई ठूलो उपलब्धिको रुपमा पनि व्याख्या गर्नु भएको छ ।

उहाँले उनसँगको आफ्नो भेटवार्ता पनि फलदायी हुने संभावना बढेको बताउनु भएको सञ्चार माध्यमहरुले लेखेका छन् । ट्रम्पले केही दिन अगाडि आगामी मे वा जुनमा उनसँग भेटवार्ता गर्ने तयारी भईरहेको जानकारी दिनुभएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. trivia games says:

    I believe other website owners should take this website as an model, very clean and excellent user pleasant style.

    http://www.strategyboardgames.co.uk/rajas-ganges-game-review/

  2. ed sheeran concert says:

    You can definitely see your expertise in the paintings you write. The sector hopes for more passionate writers like you who are not afraid to mention how they believe. Always go after your heart.

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट