समाचार

आजबाट स्थानीय तहले औपचारिक रुपमा काम थाले

काठमाडौ, १ चैत । सरकारले निर्धारण गरेका ७ सय ४४ स्थानीय तहले मंगलबारबाट औपचारिक रुपमा काम सुरु गरेका छन् ।

शुक्रबार नै स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरेको सरकारले मंगलबारबाट स्थानीय तहले कार्यालय स्थापना गरेर औपचारिक रुपमा काम सुरु गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार ललितपुर महानगरपालिकाको उद्घाटन गर्नुभएको छ । ललितपुर महानगरपालिकाको उद्घाटन समारोहबाट देशभर स्थानीय तह औपचारिक रुपमा कार्यान्वयन भएको घोषणा गर्नुभएको छ ।
अब देशभर ललितपुरसहित चारवटा महानगरपालिका १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् ।

ललितपुर महानगरपालिकासँगै लेखनाथ महानगरपालिका र चितवनको भरतपुर महानगरपालिका पनि आजैबाट कार्यान्वयनमा आएका छन् । यसअघि काठमाडौंमात्रै महानगरपालिका थियो ।

महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गर्ने व्यवस्था गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट