समाचार

आज तिहारको चौथो दिन गोबर्धन पूजा

काठमाडौ,३ कात्तिक । आज तिहारको चौथो दिन गोबर्धन पूजा । हिन्दु नेपालीहरुले आज गोबद्र्धन पर्वतको पूजा गर्दैछन ।

आ–आफ्ना घरको आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबद्र्धन पर्वतको आकृति बनाई पूजा आरधना गर्ने धार्मिक चलन छ ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोबद्र्धन पर्वत उचाली गोकुलवासीलाई भिषण वर्षाबाट बचाएको धार्मिक किंवदन्ती अनुसार गोबद्र्धन पर्वतको पूजा गर्ने चलन चलेको हो ।

त्यस्तै, गाईको बाच्छो र गोरुको पनि पूजा गरिन्छ । यमपञ्चकको पाचौं तथा अन्तिम दिन भोलि भाइटीका लगाईन्छ । ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट