समाचार

आज देशभरका नेवार समुदायले योमरी पुन्हि मनाउ“दै, पूर्वी नेपालका किरा“त समुदयामा उधौली पर्वपनि आजै

काठमाण्डौ,१७ मँसिर । आज काठमाण्डौ उपत्यका लगायत देश विदेशमा छरिएर रहेका नेवार समुदायले योमरि पुन्हि मनाउ“दैछन् ।
योमरि पुन्हिलाई नेवार समुदायले कृषीसंग पनि जोडेको पाइन्छ । आजका दिनबाटै औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न भएको मानिन्छ । नया“ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । योमरिको त्रिकोणत्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ ।

यसैबीच आजका दिनलाई नेवार समुदायले ज्यापू दिवसका रुपमा पनि मनाउने गरेका छन् । यसैबीच, आजै पूर्वी नेपालमा उधौली पर्व पनि मनाइन्छ । किराँत धर्मावलम्बीहरुले यो पर्ब बिशेष रुपमा मनाउने गर्छन् । किरा“ती मान्यता अनुसार आजको दिनदेखि हिउ“द शुरु भएको दिन मानिन्छ । स्वदेश तथा बिदेशमा रहेका किराँत धर्मावलम्बीहरुले आज परम्परागत भेषभुषा लगाएर , सार्वजनिक स्थलमा भेला भइ साकेला नृत्य प्रस्तुत गर्ने चलन छ । किराँतहरुको धार्मिक पुस्तक मन्धुममा एक समग्र वर्षलाई दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली । चराहरुको बसाइसराइलाई आधार मानेर वर्षलाई दुई भागमा विभाजन गरिएको उल्लेख छ । हिमालय पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किरा“तहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचकको रुपमा लिने गरिन्छ ।

आजको दिन किराँतिहरुले पवित्र भुमीकोे पूजाका रुपमा पनि लिने गरेका छन् । यसैबीच, राष्ट्रपति, प्रधानमन्त्री लगायत दलका नेताहरुले योमरी पुन्ही तथा उधौली पर्वका अवसरमा सवैमा शुभकामना व्यक्त गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट