समाचार

आज पनि सप्तरी बन्द, जनजिवन प्रभावित

सप्तरी, २६ फागुन । प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा मधेसी मोर्चा सप्तरीले आह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत चौथो दिन पनि जनजीवन प्रभावित भएको छ ।

मोर्चाको बन्दको कारण सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । त्यस्तै पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प रहेको छ ।

बन्द सफल गराउन भन्दै मधेसी मोर्चा कार्यकर्ता बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन गर्दै बन्द गराइरहेका छन् । एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजमा भएको आमसभालाई बिथोल्न खोज्ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट